मनोवैज्ञानिक सहयोग संस्था (PSO) ले मानसिक स्वास्थ्य प्रवर्द्धन अभियानअन्तर्गत वि.सं. २०८२ असार ५–६ गते लिखु-३, नुवाकोटमा आयोजित विद्यालय नर्सहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अभिमुखीकरणमा प्राविधिक सहयोग गर्यो।
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयअन्तर्गतको जनस्वास्थ्य कार्यालय, नुवाकोटले आयोजना गरेको उक्त कार्यक्रममा PSO, कोशिस र त्रिशुली अस्पतालले प्राविधिक सहयोग गरेका थिए।
समस्या पर्दा विद्यार्थीहरूले सबैभन्दा पहिले सम्पर्क गर्नेमध्ये विद्यालय नर्स पनि पर्छन्। त्यसैले विद्यार्थीको मानसिक स्वास्थ्य आवश्यकता पहिचान गर्न र सहयोग गर्न उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।