वि.सं. २०८० जेठ २८ र २९ गते बेलकोटगढी नगरपालिका-८ स्थित महामाया माध्यमिक विद्यालयमा मनोपरामर्श सहयोग तथा मानसिक सुस्वास्थ्यसम्बन्धी दुईदिने तालिम सम्पन्न भयो।

बेलकोटगढी नगरपालिकाले आयोजना गरेको उक्त तालिमको उद्देश्य समुदायभित्रै आधारभूत मनोसामाजिक सहयोग प्रदान गर्ने स्थानीय क्षमता अभिवृद्धि गर्नु थियो।