संकटमा हुनुहुन्छ? फोन गर्नुहोस् ११६६

उपचार पद्धति

हाम्रो समुदायअनुरूप अनुकूलित, प्रमाणमा आधारित मनोवैज्ञानिक तथा मनोसामाजिक पद्धति।

हाम्रो दृष्टिकोण

संस्कृति र परिवेशको सम्मान गर्ने संरचित हेरचाह

हाम्रा परामर्शदाताले हरेक व्यक्ति वा समूहको आवश्यकता, रोजाइ र परिस्थितिअनुसार उनीहरूसँगै मिलेर पद्धति छान्छन्। यीमध्ये धेरै पद्धति समूहमा सञ्चालन गर्न सकिने भएकाले धेरै जनासम्म सहयोग पुग्छ।

TRE समूह सत्रमा सहभागीहरू

टेन्सन एन्ड ट्रमा रिलिजिङ एक्सरसाइज (TRE)

शरीरको प्राकृतिक कम्पन प्रक्रियालाई सक्रिय बनाएर तनाव र आघातसँग जोडिएको मांसपेशीको गहिरो तनाव कम गर्न मद्दत गर्ने सरल शारीरिक अभ्यासहरूको शृंखला। प्रायः समूहमा सिकाइन्छ र पछि आफैं अभ्यास गर्न सकिन्छ।

उपयोगी हुने अवस्था: तनाव, शारीरिक तनाव, आघात, निद्राका समस्या

अन्तरवैयक्तिक मनोचिकित्सा (IPT)

शोक, विवाद, एक्लोपन तथा जीवनका ठूला परिवर्तन जस्ता घटना र सम्बन्धहरूमा केन्द्रित भई डिप्रेसन (उदासीनता) कम गर्ने संरचित तथा निश्चित अवधिको उपचार पद्धति। विश्व स्वास्थ्य संगठनले यसलाई समूहमा सञ्चालन गर्न अनुकूलित गरेको छ।

उपयोगी हुने अवस्था: डिप्रेसन, शोक, सम्बन्धका समस्या

समुदायमा आधारित हस्तक्षेप (CBI)

सामाजिक सहयोग, उत्थानशीलता र समयमै सहयोग खोज्ने बानी बलियो बनाउन स्थानीय समूह, स्वयंसेवक तथा विद्यमान संरचनामार्फत समुदायभित्रै सञ्चालन गरिने मनोसामाजिक गतिविधि।

उपयोगी हुने अवस्था: तनाव, विपद् वा द्वन्द्वबाट प्रभावित समुदाय

थिंकिङ हेल्दी प्रोग्राम (THP)

गर्भावस्था तथा सुत्केरीपछि डिप्रेसन भोगिरहेका आमाहरूलाई सरल संज्ञानात्मक-व्यवहारवादी विधिमार्फत सहयोग गर्न विश्व स्वास्थ्य संगठनसँग मिलेर विकास गरिएको मनोवैज्ञानिक उपचार पद्धति।

उपयोगी हुने अवस्था: गर्भावस्था र सुत्केरी अवस्थाको डिप्रेसन, मातृ सुस्वास्थ्य

Draft — confirm THP = Thinking Healthy Programme

कमन थ्रेड्स (CT)

कथावाचन र कपडामा कथा बुन्ने सिर्जनात्मक विधि मिलाएर आघात तथा लैङ्गिक हिंसाबाट प्रभावितहरूलाई आफ्ना अनुभव प्रशोधन गर्न र अरूसँग पुनः जोडिन मद्दत गर्ने समूहमा आधारित पद्धति।

उपयोगी हुने अवस्था: आघात, लैङ्गिक हिंसा, एक्लोपन

Draft — confirm Common Threads description

कसैसँग कुरा गर्न मन छ?

सहयोग माग्नु कमजोरी होइन, साहस हो। परामर्शदातासँग कुरा गर्न हामीलाई सम्पर्क गर्नुहोस् — तपाईंले भनेका कुरा गोप्य रहन्छन्।